
काठमाडौँ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमान सहित पहेंँलो चेतावनी नवीकरण गरेको छ ।
सोमबारदेखि मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीले चोङकिङ, गुइझोउ, याङ्जी नदीको दक्षिण र दक्षिण चीनका भागमा असर गर्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ । मौसम विज्ञान केन्द्रका अनुसार हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही क्षेत्रमा एक सयदेखि दुई सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ ।
स्थानीय सरकारलाई सम्भावित खतरनाक बाहिरी बिजुली आपूर्ति कटौती गर्न र खुला क्षेत्रमा बाहिरी सञ्चालन स्थगित गर्न आग्रह गरिएको छ । केन्द्रले हरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपाय अपनाउन पनि सुझाव दिएको छ ।
चीनमा चार–स्तरीय, रङ–कोडित मौसमी चेतावनी प्रणाली प्रचलनमा छ । यसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो चेतावनी जारी गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा