
कैलाली । बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो । अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक बताउनुहुन्छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीका ज्ञानबहादुर विकले अटोरिक्सा चलाएर मासिक ४५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । रोजगारीका लागि तीन वर्ष माल्दिभ्स बसेर घर फर्किएर अटो व्यवसायमा लागेका विक आफ्नो कमाइमा निकै सन्तुष्ट हुनुहुन्छ ।
‘मैले धनगढी बजार क्षेत्रमा विगत चार वर्षदेखि अटोरिक्सा चलाउँदै आएको छु, दैनिक एक हजार ५ सयदेखि दुई हजार कमाइ हुन्छ’ उहाँले भन्नुभयो– ‘खर्च कटाएर दैनिक एक हजार ५ सय रुपैयाँ बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।’
चार वर्षअघि ३ लाख २० हजार रुपैयाँमा किस्तामा विद्युतीय अटो रिक्सा किनेका विकले १८ महिनामा किस्ता पूरा गरेको बताउनुभयो । ‘शुरुशुरुमा अटो रिक्सा कमै थिए, दैनिक ३ हजार ५ सयसम्म पनि कमाइ हुन्थ्यो, सहजै किस्ता पनि तिरेँ’ उहाँले भन्नुभयो– ‘अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, सात जनाको परिवार छ, घरखर्च छोराछोरीको पढाइलेखाइ खर्च यसैबाट चलेको छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।’
त्यही ठाउँका स्थानीय नवराज भट्टले अटो रिक्सा चलाएर मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले ६ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटोरिक्सा चलाउँदै आउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘मैले शुरुमा ऋण लिएर ५ लाख ७५ हजार रुपैयाँमा अटोरिक्सा किनेर चार वर्ष चलाए, त्यो सबै ऋण चुक्ता गरेर त्यो अटो पनि बेचे, अहिले ४ लाख १० हजार रुपैयाँमा अर्को अटो किनेर चलाइरहेको छु, दैनिक एक हजार २ सयदेखि एक हजार ५ सय रुपैयाँसम्म बचत हुन्छ, शुरुशुरुमा दैनिक ५ हजारसम्म पनि आम्दानी गरेँ ।
उहाँले पाँच जनाको परिवारको घर खर्च यसैबाट धानिएको छ । उहाँले भन्नुभयो– ‘घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नु परेको छैन, यसैमा सन्तुष्ट छु ।’ जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उहाँको भनाइ छ ।
त्यही ठाउँका चन्द्रभान विकले अटोरिक्सा चलाएर मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरेको बताउनुभयो । ‘मैले ६ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटो चलाउँदै आएको छु’ उहाँले भन्नुभयो– ‘दैनिक एक हजारदेखि एक हजार ५ सय रुपैयाँसम्म आम्दानी हुन्छ, खर्च कटाएर दैनिक एक हजार बचत हुन्छ ।’
उहाँका अनुसार बिहानदेखि साँझसम्म चलाउनसके राम्रै आम्दानी हुन्छ । ‘मैले धेरै समय चलाउने गरेको छैन, तैपनि राम्रै आम्दानी हुन्छ’ उहाँले भन्नुभयो– ‘घरखर्च राम्रै चलेको छ, चार जनाको परिवार छ, सबै खर्च यसैबाट चल्छ, आम्दानीको अर्को स्रोत केही छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय