
काठमाडौँ । नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु भएको छ ।
नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले सङ्केत गरेको छ ।
आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल्र परिचालन गरिएकोे जानकारी दिनुभएको छ । उहाँले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताउनुभयो । उहाँले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा दुःखद् क्षण आएको भन्दै बालबालिकालाई दादुराविरूद्धको खोप नियमित लगाउन प्रत्साहन गर्नुभएको छ ।
दादुरा पाँच वर्ष मुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ । खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा