
बाँके । युरोपियन युनियन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षका अवसरमा नेपालगञ्जमा ‘नेपाल–युरोपियन युनियन’ फिल्म महोत्सव आयोजना गरिएको छ ।
आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्थानीय बाटिका होटलमा आयोजित महोत्सवमा चार वटा लघुनेपाली चलचित्र र तीन वटा प्रोपेली चलचित्र प्रदर्शन हुने नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा जोएल इभोनेटले जानकारी दिनुभयो ।
महोत्सव युनियन र नेपालको दौत्यसम्बन्ध स्थापना भएको ५० औँ वर्ष भएकाले आयोजना गरिएको हो । महोत्सवको नारा ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष सांस्कृतिक विविधताको उत्सव’ रहेको छ ।
“युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० औँ वार्षिकोत्सव मनाउन र युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सिर्जनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु”, उपप्रमुख इभोनेटले भन्नुभयो ।
योसँगै वैशाख ४ गते बिहान ११ देखि १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिनेछ भने उपप्रमुख डा इभोनेटद्वारा दुई देशबीचको दौत्यसम्बन्ध र विकास सहकार्यबारे नेपालगञ्ज बहुमुखी क्याम्पसमा बिहान ९:३० बजेदेखि १०{३० बजेसम्म व्याख्यान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा ९ वटा युरोपियन र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सव तथा कार्यक्रमका लागि लघु चलचित्र छनोट गर्न चलचित्र निर्देशकका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा ५२ वटा लघु चलचित्र समावेश भएकामध्ये १२ वटा छनोट गरिएको हो ।
चुनिएका नौ वटा युरोपेली चलचित्रमध्ये नेपालगञ्जमा मेरियन ब्लिचर निर्देशित मिस भिर्वोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन) प्रदर्शित गरिने छ भने १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ध्येय ड्रिम्स, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, आकाङ्क्षा कार्की निर्देशित सनाइ र अनिल कुमी निर्देशित फेरा प्रदर्शित हुनेछन् ।
नियुफको १३ संस्करणअन्तर्गत बागमती प्रदेशको काठमाडौँ र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा महोत्सव सफलतापूवर्क सम्पन्न भइसकेको छ भने नेपालगञ्जपछि कर्णाली प्रदेशको सुर्खेतमा पनि आयोजना गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री