
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच भेटवार्ता भएको छ ।
‘राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ’ चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ । बेइजिङ र ताइपेइमा उहाँहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।
ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आउनुभएको थियो । उहाँले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गर्नुभएको छ ।
माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताउनुभएको छ । माले कुओमिन्ताङ ९केएमटी० पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हाल्नुभएको थियो । माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गर्नुभएको थियो । तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उहाँका उत्तराधिकारी साई इङ–वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ ।
गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ–तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उहाँलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री