+

चीनको आपूर्ति क्षमताबारे अमेरिकी आरोप आधारहीन : चिनियाँ वाणिज्यमन्त्री

काठमाडौँ । चीनले आफ्नो आपूर्ति क्षमताबारे अमेरिकी आरोप आधारहीन भएको बताएको छ । चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ बाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गर्नुभएको छ । 

ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबीचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्ग खोल्न सहमत भएका छन् ।

चीन सरकारले विश्व बजारले धान्न सक्नेभन्दा बढी उत्पादन क्षमता सिर्जना गर्न सहयोग गर्दा सौर्य र विद्युतीय सवारी साधनजस्ता प्रमुख क्षेत्रमा सस्तो निर्यातको बाढीले अन्यत्र ती उद्योगको वृद्धिलाई असर पार्न सक्छ भन्ने अमेरिकी अधिकारीको चिन्ता रहेको छ । वाणिज्यमन्त्री वाङले आइतबार पेरिस भ्रमणका क्रममा ‘अमेरिका र युरोपले लगाएको ‘अत्यधिक क्षमता’ को आरोप आधारहीन भएको बताउनुभएको हो । 

चिनियाँ विद्युतीय सवारी निर्माताको तीव्र वृद्धि नवीनता र स्थापित आपूर्ति श्रृङ्खलाका कारण भएको वाङले बताउनुभयो । उहाँले बेइजिङले व्यवसायहरूलाई उनीहरूको हितरक्षाका लागि सहयोग गर्ने पनि बताउनुभयो ।  बेइजिङले उद्योगका लागि राज्यको विशाल समर्थनको बारेमा चिन्तालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

युरोपेली सङघ (ईयू) ले चिनियाँ विद्युतीय कारमा अनुदानको बारेमा अनुसन्धान सुरु गरेको छ जसले गर्दा कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा कर वृद्धि हुन सक्छ । गत महिना बेइजिङले यसलाई व्यापारमा देखिएको ‘सङरक्षणवाद’ को संज्ञा दिएको छ । 

येलेनले दक्षिणी शहर ग्वान्झाओ र राजधानी बेइजिङमा अधिकारी र व्यापारिक नेताहरूसँगको वार्तामा बारम्बार चीनको ‘क्षमताभन्दा बढी आपूर्ति’ को प्रसङ्गलाई उठाउनुभएको थियो । आफ्ना समकक्षी उपप्रधानमन्त्री हे लिफेङसँग भएको वृहत् छलफलमा उहाँले चिनियाँ नीति निर्माणको उच्च तहमा अन्तराृष्ट्रिय चासोका सवालबारे संवेदनशील बन्न आग्रह गर्नुभएको थियो । 

सिन्ह्वाका अनुसार लीले उत्पादन क्षमताको विषयलाई वासिङ्टनले ‘वस्तुनिष्ठ’ र ‘बजारमुखी’ दृष्टिकोणबाट हेर्नुपर्ने येलेनसँग बताउनुभएको थियो ।  उहाँले चीनको नयाँ ऊर्जा उद्योगको विकासले ‘विश्वव्यापी हरित र कम कार्बन सङक्रमणमा महत्वपूर्ण योगदान पु-याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै