
सर्लाही । बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत भेटिएकी छन् ।
बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मंगलबार राति मृत भेटिएकी हुन् । त्यसबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको शङ्का लागेकाले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले सिसी क्यामेराका आधारमा अनुसन्धान गर्दा २८÷३० वर्षका युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
अनुसन्धान नसकिएकाले युवकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा