
काठमाडौँ । रूसले युक्रेनी बिस्फोटक पदार्थ जफत गरिएको दावी गरेको छ ।
रूसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिमा लुकाएर ल्याइएको भारी मात्राको बिस्फोटक पदार्थ जफत गरेको बताएको हो ।
लाटभियन सीमा नजिकैको उत्तरपश्चिमी पेस्कोभ क्षेत्रमा सामानको जाँचपछि बिस्पोटक पदार्थ जफत गरिएको एफएसबीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । एफएसबीका अनुसार ‘युरोपेली सङ्घ हुँदै युक्रेनबाट विस्फोटक पदार्थको सीमापार यातायात मार्ग भएको भन्दै कार्गो रोमानिया, हङ्गेरी, स्लोभाकिया, पोल्याण्ड, लिथुआनिया र लाटविया हुँदै गएको’ थियो ।
जफत गरिएको बिस्पोटक पदार्थमध्ये कार्गोमा ७० किलो घरेलु बिस्फोटक र बिस्फोटक उपकरण ‘मूर्ति’मा लुकेको र प्रयोगका लागि तयारी अवस्थामा थिए । यस कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै विदेशीसहित सबै संलग्नलाई पत्ता लगाई रूसमा कानुनी कार्यवाही गरिने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा