
कैलाली । कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो ।
प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० उद्योग छनोट गरिनुपर्ने भए पनि एक निर्वाचन क्षेत्रबाट तीनवटा गरी ३३ उद्योगलाई अनुदानका लागि छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताउनुभयो । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रमका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइने लेखा अधिकृत जोशीले जानकारी दिनुभएको छ । उहाँले छनोट गरिएका प्रति उद्योगलाई ३ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइने बताउनुभयो ।
छनोट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरण, मेसिनरी सामानलगायतका सामग्री खरिद गरेको बिल कार्यालयलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ । खरिद गरेको बिलका आधारमा रकम भुक्तानी गरिनेछ ।
लेखा अधिकृत जोशीका अनुसार उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा अनुदान दिइनेछ । अनुदानका लागि छनोट गरिएका उद्योगका सञ्चालकसँग सम्झौता गर्ने काम सम्पन्न भई कार्यान्वनको चरणमा छ । कार्यालयका अनुसार डेरी, फर्निचर, मौरीपालन, कृषिजन्यलगायत स्थानीय कच्चा पदार्थमा आधरित उद्योग अनुदानका लागि छनोट गरिएकन छन् ।
उद्योग स्थापना भएदेखि हालसम्म सरकारी निकायबाट सो कार्यक्रमका लागि औद्योगिक उपकरण तथा मेसिनरी सामानमा पछिल्लो तीन वर्षयता सहयोग तथा सहायता नलिएको हुनुपर्ने प्रावधान छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको त्यो कार्यक्रम नयाँ हो । कार्यक्रम प्रदेशका ९ वटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै