+

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ :अध्यक्ष नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताउनुभएको छ ।

पार्टीनिकट महिला सङ्घद्वारा शुक्रबारआयोजित भेलामा उहाँले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उहाँले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो –हामीलाई कुनै पद ओगटेर बस्नु छैन । हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पनि चाहिएको छैन ।’

अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ । हामी छलफल गर्दै जानेछौँ ।’

देशमा सुशासन कायम गर्न इमानदार नेता तथा कार्यकर्ता चाहिएको बताउँदै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति इमान्दार भएर पार्टीको सङ्गठन निर्माणमा लाग्न निर्देशन दिनुभयो ।  सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल गरी उपयुक्त निर्णय गरिने उहाँको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै