
जाजरकोट । भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अस्तव्यस्त भएका छन् ।
करिब ५६ किमी खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किमीको हालसम्म बोलपत्र आह्वान भएको छैन । नेपाली सेनाले अस्थायी ट्र्याक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा दैनिक यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।
जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा कालोपत्रको काम यति बिल्ड्रसले गरिरहेको छ । यही सडकमा क्याराभान कन्स्ट्रक्सनले पाँच पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म काम नगरी अलपत्र परेका छन् । बाँकी ६२ किमी अर्थात तल्लुबाट डोल्पाको दुनैसम्मका लागि बोलपत्र आह्वान नभएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।
तल्लुबाट दुनैसम्म अस्थायी ट्र्याक निर्माण भएसँगै यातायातका साधन सञ्चालन भए पनि सडक कालोपत्र नहुँदा समस्या हुन थालेको स्थानीय बताउँछन् । दुनै ल्यासिक्या सडक खण्डमा विसं २०७८ चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि हालसम्म १० प्रतिशत मात्रै काम हुँदा दुनैबाट उपल्लो डोल्पा जान निकै सास्ती हुँदै आएको छ ।
डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटक–पटक अनुरोध गरेपनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको गाउँपालिकाका अध्यक्ष अङगद रानाले बताउनुभयो । गाउँपालिकाबाट भेरी करिडोर र निर्माण व्यवसायीलाई आधादर्जन पत्र पठाउँदा पनि हालसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ । उहाँका अनुसार करिडोरलाई पत्राचार गरिएका पत्र सामाजिक सञ्जालमा सार्वजानिक गर्दै भेरी तत्काल निर्माण व्यवसायीलाई काममा फर्काउन आग्रह गरिएको छ ।
त्यही खण्डअन्तर्गत पाँच वटा पुल अलपत्र पारेको क्याराभानले पनि कामलाई निरन्तरता दिन सकेको छैन । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग बनाएर कामको सुरुवात गरेपछि यो आयोजना झनै लथालिङ्ग बनेको भएको छ । यहाँ एक वर्षको अवधिमा दुईजना कार्यालय प्रमुख फेरिसकेको अवस्था छ ।
आयोजना प्रमुख परिवर्तन भइरहने तर काम नगर्दा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका सर्वसाधारणलाई करिडोर भएर आवतजावत गर्न हुँदै आएको छ । काइके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झाना पराजुलीले करिडोरलाई पत्राचार गरे पनि कुनै जवाफ नआएको बताउनुभयो । काम छिटो सम्पन्न भए दुनैबाट माथिल्लो जान र आउन सजिलो हुनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आउने उहाँको भनाइ छ ।
तल्लुबाट दुनैसम्म निर्माण हुने सात पुल अझैँ निर्माण सुरु गरिएको छैन । डोल्पाको ठूलीभेरीस्थित रुपगाडको पुलसमेत लथालिङ्ग भएको छ । आयोजनाको निगरानी नहुँदा निर्माण व्यवसायीको मनपरीका कारण अलपत्र परेको छ ।
भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक योजनाका प्रमुख सुनिल रञ्जीतकारले लथालिङ्ग भएको आयोजनालाई ट्र्याकमा ल्याउने काम शुरु गरिएको बताउनुभयो । अहिले आयोजनाको म्याद थपका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्रिदेशीय सडकका रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर (सुर्खेत, जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक भारत नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग