
धनगढी । नेकपा एमाले बैतडीको अध्यक्ष नरेशकुमार बिक बन्नुभएको छ । बिक नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष बन्नुभएको छ ।
अधिवेशनले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत हुनुभएको छ । सर्वसम्मत चयन भएका पदाधिकारीलाई आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ ।
सदस्यहरु पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । जिल्ला अधिवेशन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार उद्घाटन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग