+

शर्मालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा  नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

राष्ट्रियसभा अध्यक्षको लागि मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि उहाँको नाम अस्वीकृत भएको हो । राष्ट्रियसभा अध्यक्षको लागिशर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।

राष्ट्रियसभा अध्यक्षमा अर्का उम्मेदवार नारायणप्रसाद दाहाल छन् । नेकपा माओवादी केन्द्रका दाहालनेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै