
काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको छ ।
सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गर्नुभयो । सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहनुभएको छ ।
विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माका प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई उहाँलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिसक्नुभएको छ । अध्यक्षका प्रत्याशी शर्माको समर्थकमा सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह हुनहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग