
काठमाडौँ । काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन शुरु गरेका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् ।
पूर्वबाट काठमाडौँ आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् । पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्री श्रेष्ठले पछिल्लो समय धरासयी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि एउटै व्यवस्थापनको शुरुवात गरिएको जानकारी दिनुभयो ।
एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौँबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहान लगायतमा सम्बन्धित क्षेत्रका टिकट काउण्टरमार्फत सञ्चालन हुनेछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत देशभरका तीस भन्दाबढी प्रालिमार्फत छुट्टाछुट्टै रुपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, बिराट, स्वयम्भू नेशनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिम लगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् ।
संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ ।
पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि त्यो व्यवस्थापनले सहयोग पुग्ने बताउनुभयो । उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण र सम्बर्द्धन गर्ने उल्लेख गर्नुभयो ।
यसअघि काठमाडौँ महानगरपालिकाले महानगरभित्र जथाभावी रुपमा सञ्चालनमा आएका टिकट काउण्टरलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन उपत्यका बाहिर सञ्चालित यात्रुबाहक बसले अनिवार्य रुपमा कामपामा दर्ता गराउनुपर्ने निर्णय गरेको थियो ।
महानगरले त्यो निर्णयलाई बेवास्ता गरेर आफूखुशी टिकट बुकिङ कार्यालय तथा काउण्टर खोलेको पाइएमा हटाउने बताएपछि यातायात कम्पनीले एउटै व्यवस्थापन बनाएर सञ्चालन शुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र