
कञ्चनपुर । कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो ।
भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा यात्रुले अनावश्यक सास्ती खेप्नु परेको छ । रू १ करोडभन्दा बढी खर्च गरेर एक्सरे मेसिन जडान गरिएको भन्सार कार्यालयले जनाएको छ ।
मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार, नाका भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेको नियमित जाँचमा सहज हुने अनुमान गरिएको थियो ।
मेसिन जडानपछि करिब एक वर्षसम्म सेवा प्रदान गरिएको भन्दै दक्ष जनशक्तिको अभाव, लामो समयदेखि बन्द हुनु, मेसिन जीर्ण बन्दै गएकाले पुनः सञ्चालनमा ल्याउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले जानकारी दिनुभयो । “एक्सरे मेसिनमा खराबी आएपछि प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “मेसिन पुनः सञ्चालनका लागि विभागमा पत्राचार गरिसकेका छौँ ।”
भन्सार कार्यालयले मेसिन सञ्चालनमा नल्याउँदा भारतमा सास्ती खेपेर आएका नेपाली कामदारले स्वदेशमा जाँचका नाममा दुःख पाउने गरेका स्थानीयले गुनासो गरेका छन् ।
“भन्सार कार्यालयले मेसिन बन्द गरेर हातले छामछुम गरेर जाँच गर्छ यो प्रभावकारी विधि होइन”, स्थानीय गणेश मिश्रले भन्नुभयो, “मेसिन सञ्चालनमा ल्याए यात्रु र भन्सार कर्मचारी दुवैलाई सहज हुन्छ ।” अहिले प्रविधिको युगमा हातले जाँच गर्नु उपयुक्त नहुने भन्दै उहाँले तत्काल एक्सरे मेसिन प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकसमेत नेपाल भित्रिने भएकाले नाकामा सहज जाँच हुनुपर्ने यहाँका व्यवसायी जगदीश भट्टको भनाइ छ । “भन्सार कार्यालयले एक्सरे मेसिन मर्मत गरेर जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो नाकाबाट पर्यटक आवतजावत गर्ने भएकाले पनि आवागमन सहज बनाउनु पर्दछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग