
कैलाली । धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।
बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।
हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको उहाँले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल मानिने कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचार–प्रसार गर्न हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको आयोजकले जनाएको छ ।
पुष्प वर्षा बिहान ११ देखि मध्याह्न १२ बजेका बीचमा पुष्प वर्षा गरिएको हो । अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि १४ लाख ९ हजार ९ सय ५० रुपैयाँ रकम सङ्कलन गरिएको थियो । हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्विन्टल फूलको दुई लाख गरी जम्मा १३ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि भण्डारा चलाइएको थियो । भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो । उक्त धाममा भक्तजनलाई जान–आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो ।
बेहडाबाबा मन्दिरमा लागेको महाशिवरात्रि मेलाको दर्शनका लागि छिमेकी मुलुक भारतबाट दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले राससलाई बताउनुभयो । यहाँ प्रत्येक वर्ष भारतका लख्खिमपुर, पलिया, पिलिभित, उत्तराखण्डका विभिन्न स्थानबाट भक्तजन आउने गरेका बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग