
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिएको छ । नेकपा एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी महासचिव शङ्कर पोखरेलले मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउन एमालेका तर्फबाट सकारात्मक योगदान पुग्ने ठानेका छौँ, जनताको निराशालाई आशामा परिणत गर्न हरतरहले सरकारलाई सहयोग गर्ने बैठकले निर्णय गरेको छ भन्नुभयो ।
महासचिव पोखरेलले एमालेसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०लगायत पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया शुरु भएको भन्दै नयाँ सत्ता समीकरणलाई साथ र सहयोग गर्न अन्य दललाई अनुरोध गरिएको बताउनुभयो ।
‘देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास सरकारका तर्फबाट अगाडि बढ्ने छ’ उहाँले भन्नुभयो, ‘मुलुकको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका निम्ति सहकार्य फलदायी हुने विश्वास बैठकले गरेको छ ।’
बैठकले पार्टी स्थापनाको ७५औँ वार्षिकोत्सवका दिन वैशाख १० गते विशेष समारोह र वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग