
भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको र दर्शनार्थीले चारैवटा ढोकाबाट प्रवेश गरेर मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उहाँले बिहानैदेखि लामबद्ध भक्तजनका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताउनुभयो । अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भएपनि आजको दिन भने दर्शनार्थीले मन्दिर भित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाईएको बताउदै उहाँले राती ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
आज रातभर जाग्राम बस्ने र धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित ३०० भन्दा बढी साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको जानकारी दिँदै मन्दिरमा लाईन बसेको आधाघण्टा भित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले बिहानैदेखि स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।
यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्श्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं। ५ स्थित अनन्तलिङ्ेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नम्बर १० चित्तपोल साँगास्थित अग्लो महादेवको रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग