
काठमाडौँ । पत्रकारिता क्षेत्रका अग्रजले सञ्चारगृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागद्वारा आज यहाँ आयोजित पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत, मर्यादित बनाउन सम्बन्धित पक्ष तत्पर रहनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले मुलुकको सर्वोत्तम हितका लागि पत्रकारिता क्षेत्रलाई प्रतिष्ठित, मर्यादित बनाउन महासङ्घ संवेदनशील रहेको उल्लेख गर्नुभयो । ‘पत्रकारिता पेशामा लामो समयसम्म सक्रिय महिलाको सङ्ख्या न्यून छ । पारिवारिक जिम्मेवारीसँगै यस क्षेत्रमा पारिश्रमिक लगायतका सेवासुविधामा भएको विभेदबारे महासङ्घ संवेदनशील छ’ उहाँले भन्नुभयो ।
पत्रकारिता क्षेत्रमा आवद्ध महिला हिंसाका घटना न्यूनीकरणमा पुरुषहरुको भूमिका पनि उत्तिकै रहने उल्लेख गर्दै उहाँले प्रतिस्पर्धामा महिलाले आफ्नो क्षमता, सक्षमतालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुले हासिल गरेको उपलब्धिलाई समीक्षा गर्न जरुरी भएको बताउनुभयो । उहाँले महिलाका हक अधिकारका सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गर्नुभयो ।
प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले पत्रकार महिलालाई पुरुषसरह समान पारिश्रमिक नभएको भन्दै पेशागत सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो । प्रेस युनियनका सल्लाहकार अनिता बिन्दुले पत्रकारितामा महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । आफ्नो जिम्मेवारी अनुरुप क्षमता अभिवृद्धि गर्न महिला स्वयम तत्पर रहनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल ट्रेड युनियन, कांग्रेसका महिला उपाध्यक्ष राधिका कुइँकेलले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारितामा महिलाले लैङ्गिक हिंसाका सम्बन्धमा चलाएका कलमको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । प्रेस युनियन, काठमाडौँका अध्यक्ष महेश गौतमले पारिश्रमको उचित मूल्याङ्कन गरी महिला लक्षित सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीले महिलाको पारीवारिक जिम्मेवारीलाई बेवास्ता गर्न नमिल्ने, स्थापित सञ्चारगृह व्यवस्थित गर्न नसक्दा सञ्चारकर्मी टिक्न नसकेको, पत्रकारिता शैक्षिक संस्थाका जनशक्तिलाई सदुपयोग गर्न दिगो रणनीतिक योजना तयार पार्नुपर्ने, महिलाको विज्ञता स्वीकार गर्नुपर्ने, महिला पत्रकारको सहजताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, महिलाका मुद्दा समाधानमा ऐक्यबद्धता जनाउनुपर्ने, हरेक समाचार कक्षमा न्यूनतम पारिश्रमिक नेतृत्वको निगरानी हुनुपर्ने, जिम्मेवारी बहनमा इच्छाशक्ति प्रकट गर्न दृढ हुनुपर्ने, महिलामैत्री समाचार कक्ष हुनुपर्ने लगायतका विषय उठाउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग