
बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट रु २१ लाखसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया–६ अस्पताल रोडबाट रञ्जित सर्राफलाई रु पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट रु १६ लाख नौ हजार बरामद गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग