
काठमाडौँ । कार्यक्षमता कमजोर भएका मन्त्रीहरुको हेरफेरमा सहमति हुन नसक्दा सत्ता गठबन्धनमा दरार आएको छ । खासगरी नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले कार्यक्षमता कमजोर भएका र विवादित मन्त्री हटाउन नमान्दा प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन नै फेरबदलको तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आज सरकारको काम कारबाही र विवादित मन्त्रीका बारेमा संसदमा जवाफ दिने कार्यसूची छ । संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि नै गठबन्धनमा निर्णायक कुरा गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री दाहालले आज बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठक अव्हान गर्नुभएको छ । गठबन्धनका शीर्ष नेताहरूको बैठकमा दाहालले मन्त्रीहरूको सेट नै परिवर्तन गर्ने वा सत्ता गठबन्धन नै परिवर्तनको प्रस्ताव राख्ने दाहाल निकट स्रोत बताउँछ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद र मन्त्रीहरूको कार्यशैलीका विषयमा गठबन्धनमा सहमति हुन नसक्दा गठबन्धन नै संकटमा परेको हो । यसअघि हिजो प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमाले र रास्वपाका शीर्ष नेताहरूसँग छलफल गरिसक्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिजो नै कांग्रेसका सबै मन्त्रीलाई बुढानीलकण्ठ बोलाएर सम्भावित रणनीतिबारे छलफल गर्नुभएको थियो । उहाँले जुनसुकै निर्णयका लागि तयार रहन कांग्रेसका मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो ।
गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । उहाँ हिजो नै राष्ट्रसंघीय कार्यक्रममा भाग लिन फिनल्यान्ड जाने तयारीमा हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग