
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमाडौँमा प्रस्तुत गरेको छ ।
पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइराला स्वदेश फर्केपछिको घटनाक्रमलाई वृत्तचित्रमा समेटिएको छ । विशेष गरी २०३३ सालको राजनीतिक घटनाक्रमलाई समेटेर तयार गरिएको वृत्तचित्रमा कोइराला परिवारका सदस्य, आफन्तजन, शुभचिन्तक एवं राजनीतिक विश्लेषकको भनाइलाई स्थान दिइएको छ ।
राजकाजसम्बन्धी ८ मुद्दा खेम्दै ज्यान जोखिममा राखेर स्वदेश फकर्नुभएका नेता कोइरालामा आधारित वृत्तचित्र ४५ मिनेटको छ । फाउन्डेशनका महासचिव अतुल कोइरालले वृत्तचित्र हेरेपछि नेपालको तत्कालीन राजनीतिक घटनाक्रमसहितको इतिहास बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ६ वर्ष लगाएर तयार गरिएको वृत्तचित्र निर्माणमा करिब ४५ लाख रुपैयाँ खर्च भएको जानकारी दिँदै महासचिव कोइरालाले वृत्तचित्र अब क्रमशः विद्यालय तथा कलेजमा प्रदर्शन गरिने जानकारी दिनुभएको छ ।
वृत्तचित्र यसअघि कीर्तिपुर र पोखरामा प्रदर्शन भइसकेको छ । वृत्तचित्रका लेखक उपप्राध्यापक एवं पत्रकार जगत नेपाल हुनुहुन्छ । संयोजन फाउण्डेशनले गरेको महासचिव कोइरालाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग