
काठमाडौँ । लायन्स लियो क्लब अफ काठमाडौँ छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौँ’ अभियानअन्तर्गत क्लबमा आवद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत सङ्कलन गरी पुस्तक उपलब्ध गराएका हुन् ।
क्लबकी अध्यक्ष मन्जिता परियारले विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञान सम्बन्धित, स्वास्थ्यसम्बन्धी, पाठ्यक्रम, उपन्याससहित सबैखाले पुस्तक उपलब्ध गराएको जानकारी दिनुभयो । आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबको योजना छ ।
विद्यालयका प्राधानाध्यापक बलराम चौलागाईंले यसअघि विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तक नभएकाले लाइब्रेरीमा किन जाने भन्ने अवस्था रहेको बताउनुभयो । ‘विभिन्न खाले पुस्तक प्राप्त भएपछि अब विद्यार्थीमात्रै होइन शिक्षकले पनि पुस्तकालयको लाभ लिने छन्’ उहाँले भन्नुभयो– ‘यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ ।’
‘पढ्ने र सिक्ने युवाको हक हो’ भन्ने मान्यतामा क्लबका युवाले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । पुस्तकालय सञ्चालनका लागि विद्यालयका पूर्वशिक्षक अनुप परियारले अभियान चलाइ रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश