
काठमाडौँ। रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा मृत्युवरण गरेका नेपालीको सम्झनामा आज साँझ पाशुपत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ । ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानद्वारा आयोजित दीप प्रज्वलनमा मानवअधिकारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक व्यक्ति, पीडित परिवारका सदस्यलगायतको सहभागिता थियो ।
अभियानकी संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएकाले सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले फसेका नेपालीको उद्धारका साथै घाइतेको उपचारका लागि सहयोग गर्न आग्रह गर्नुभयो । सो अभियानले रुसी सेनामा भर्ती हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौँदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाती नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्तिलगायत माग गरेको छ ।
अभियानले नेपाली नागरिकको जीवनरक्षाका लागि उनीहरुलाई सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै यहाँस्थित रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश