
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड-ओलीबीचको भेटवार्ता बाक्लिएको हो।
उहाँहरूबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री र केपी शर्मा ओलीबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा लैजाने विषयमा छलफल भएको हो, बालुवाटार स्रोतले भन्यो।
हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा माओवादीसँगको गठबन्धनलाई लिएर चर्को आलोचना भएको थियो। बैठकमै माओवादीको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग संशकित बन्नुभएको छ ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले नै माओवादीलाई धोका दियो। कोशीमा हाम्रा उम्मेदवार पराजित भए। तर, उल्टै हामीसँगको गठबन्धनविरुद्ध कांग्रेस नेताहरू प्रचारवाजीमा उत्रिनुभएको छ। त्यो अलिक सुहाउँदो छैन, माओवादी स्रोतले भन्यो ।
माओवादी कांग्रेसबीच मनमुटाव सुरू भएपछि सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको थियो । सभापति देउवाले महासमिति बैठकमा जे जस्ता बहस सिर्जना भए पनि वर्तमान गठबन्धनलाई कुनै असर नगर्ने प्रष्टीकरण दिनुभएको छ ।
प्रधानमन्त्री दाहाललाई गठबन्धनसँगै संक्रमणकालीन न्याय (टिआरसी)लाई पनि टुंगोमा पुर्याउनुपर्ने चुनौती छ। एमाले अध्यक्ष ओलीले पीडितमैत्री कानुन बनाएमात्रै संक्रमणकालीन न्यायलाई साथ दिने बताउदै आउनुभएको छ ।
एमालेलाई मोर्चामा ल्याउन प्रस्ताव लैजाने तयारी
यसैबीच शनिबार विहान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवको अध्यक्षतामा समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए।
बैठकमा समाजवादी मोर्चामा एमालेलाई समेत सहभागी गराउनेबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ। एमालेलाई समाजवादी मोर्चामा ल्याउन अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा चन्दलाई नै दिइएको स्रोतले दाबी गरेको छ। चन्दले एमाले अध्यक्ष ओलीलाई औपचारिक प्रस्तावसहितको पत्र पठाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ।
आजको भेटमा प्रधानमन्त्री प्रचण्डले मोर्चा बैठकमा भएको छलफलबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ