+

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

कैलाली ।  नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित हुनुभएको छ । उहाँले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गर्नुभएको हो । 

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गङ्गाकुमारी चौधरी विजयी हुनुभएको छ । 

मतदान गए राति सकिएको थियो । मतगणना भने आज बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । पाँच सय ९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा पाँच सय ७७ मत खसेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै