
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ‘सचेत परिवार परिचयपत्र’ लागू गरिएको छ । विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाइ उन्मुख बनाउन ‘सचेत परिवार परिचयपत्र’ लागू गरिएको हो । परिचयपत्रमा रहेका सातवटा बुँदा पूरा गरेकाले गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले उक्त पत्र प्रदान गरिएको वास संयोजक अर्जुन बेल्बासेले जानकारी दिनुभयो ।
परिचय प्राप्त गर्दै अध्यक्ष थापाले नागरिकलाई सचेत गराउँदै स्वच्छ, सफा र सुन्दर बनाउन सबैले सातवटै बुँदा पूरा गरी यो पत्र लिन अनुरोध गर्नुभयो । उहाँले सरसफाइमा हाम्रो समाज धेरै पछाडि परेको बताउँदै सबैले सरसफाइ अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले सामाजिक सूचकमा सुधार नगरेसम्म अन्य विकासका कामले विकास भएको अर्थ नलाग्ने जनाउँदै गाउँपालिका र इच्छुक व्यक्तिको केही लगानीमा सात सयभन्दा बढी शौचालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले ‘एक घर, एक धारा’ अनुरूप सबै नागरिकको घरघरमा पुग्ने गरी आठवटा ठाउँमा खानेपानी आयोजना सञ्चालन गरिने प्रक्रियामा रहेको अध्यक्ष थापाको भनाइ छ ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले विजयनगर गाउँपालिकाले जारी गरेको ‘सचेत परिवार परिचयपत्र’ मा उल्लेख गरिएको सात बुँदा सबैले पूर्णरूपमा पालना गर्नुपर्ने बताउनुभयो । आगामी वैशाखदेखि ती बुँदाहरूको पालना नगरे गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवासुविधा रोक्का गर्ने कार्यविधि निर्माण भइसकेको जानकारी दिनुभयो ।
उक्त परिचयपत्रमा मेरो घरमा विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिका विद्यालय गएका छन्, मेरो घरमा गर्भवतीले नियमित स्वास्थ्य जाँच तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराउने र बालबालिकाले नियमित खोप लगाउनेछन्, मेरो घरपरिवारमा नियमित चर्पी प्रयोग भएको छ, मेरो घरपरिवार पूर्ण सरसफाइप्रति प्रतिबद्ध छ, मेरो घरपरिवारमा बालविवाह तथा बालश्रम हुने छैन, मेरो घरपरिवारले महिनामा कम्तीमा एक दिन श्रमदान गर्नेछ र न्यायिक समितिबाट मिलापत्र भएबमोजिम विवादको समाधान र निर्णयको कार्यान्वयन गर्नेछौँ भन्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश