+

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी एसियाको भ्रमण शुरु गर्न लागेका बेला संरक्षणवादले ‘गन्तब्यमा नपुग्ने’ र व्यापार युद्धबाट  ‘कोही विजेता’ नहुने चेतावनी दिनुभएको छ। 


बेइजिङले क्षेत्रीय व्यापार सम्बन्धलाई मजबुत बनाउन र आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको ठूलो करको प्रभावलाई कम गर्न चाहेको बेला सीले यस वर्षको पहिलो विदेश भ्रमण गर्नुभएको छ ।
 उहाँले आफ्नो भ्रमणका क्रममा तीन दक्षिणपूर्वी एशियाली समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ र यसले एशियाली क्षेत्रका लागि ‘विशेष महत्व बोकेको’ बेइजिङले जनाएको छ ।

भियतनामको प्रमुख न्हान डान पत्रिकामा सोमबार प्रकाशित एक लेखमा सीले दुई देशलाई ‘बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैश्विक औद्योगिक र आपूर्ति श्रृङ्खला र खुला र सहयोगात्मक अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न’ आग्रह गर्नुभएको छ ।
 
उहाँले ‘व्यापार युद्ध वा कर युद्धले कुनै पनि विजेता उत्पादन गर्दैन र संरक्षणवादले कसैलाई कहीँ पनि पुर्याउँदैन’ भन्ने बेइजिङको धारणालाई पनि दोहोर्याउनुभएको छ ।

बेइजिङले आफूलाई यस महिना व्यापक करको घोषणा गरेका अस्थिर ट्रम्पको स्थिर विकल्पको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । यद्यपि, विश्व बजारलाई अस्तव्यस्त बनाएपछि चीनबाहेकका राष्ट्रविरूद्ध घोषणा गरिएको आधारभूत करबाहेक प्रायः सबै निर्णयलाई उल्टाउँदै ९० दिनको लागि छूट दिन ट्रम्प बाध्य बनेको विश्लेषकहरूले बताएका छन् ।

लचिलो कूटनीति
भियतनाम १६१.९ अर्ब डलरको कारोबार गर्ने दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो चिनियाँ सामान खरिदकर्ता हो भने मलेसियाले २०२४ मा १०१.५ अर्ब डलरको सामान आयात गरेको थियो ।दक्षिणपूर्वी एशियाली छिमेकीसँगको सम्बन्धलाई मजबुत बनाउनाले पनि गत वर्ष चिनियाँ सामानको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो र यसले अमेरिकाको करनीतिको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ ।

सी सोमबार र मङ्गलबार भियतनाममा रहनुहुने कार्यक्रम रहेको छ । यो उहाँका सन् २०२३ डिसेम्बर पछिको भियतनामको पहिलो भ्रमण हो । भियतनाम र चीन दुवै कम्युनिस्ट पार्टीद्वारा शासित पहिले देखि नै ‘व्यापक रणनीतिक साझेदारी’ गर्ने मुलुक हुन् । यो हनोईको सर्वोच्च कूटनीतिक स्थिति हो।

भियतनामले लामो समयदेखि ‘लचिलो कूटनीति’ को दृष्टिकोण अपनाउँदै आएको छ र चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध कायम राख्न प्रयासरत छ । दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध छ, तर हनोईले विवादित दक्षिण चीन सागरमा बेइजिङको बढ्दो आक्रामकताविरूद्ध अमेरिकाको साथ भियतनामलाई रहेको छ ।

चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन् ।

चिनियाँ नेताले आफ्नो सोमबारको लेखमा बेइजिङ र हनोईले वार्ताको माध्यमबाट ती विवादको समाधान गर्न सक्ने बताएका छन् । ‘हामीले मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ र हाम्रो क्षेत्रमा शान्ति र स्थिरताको रक्षा गर्नुपर्छ’ सीले लेख्नुभएको छ । उहाँले भन्नुभयो– ‘दूर दृष्टिका आधारमा हामी परामर्श र वार्ताको माध्यमबाट सामुद्रिक मुद्दाको उचित समाधान गर्न पूर्ण रूपमा सक्षम छौँ ।’

भियतनामपछि सीले मङ्गलबारदेखि बिहीबारसम्म मलेसियाको भ्रमण गर्नुहुनेछ । मलेसियाका सञ्चारमन्त्री फहमी फजिलले सीको भ्रमण चीनसहित विभिन्न देशससँग बेहत्तर व्यापार सम्बन्ध बनाउनका लागि ‘सरकारको प्रयासको उपलब्धीको एक हिस्सा’ भएको बताउनुभएको छ ।

भ्रमणको क्रममा मलेसियापछि राष्ट्रपति सी बिहीबार नै दक्षिणपूर्वी एसियामा चीनको सबैभन्दा कट्टर सहयोगी मध्येको एक कम्बोडियाको भ्रमण गर्नुहुनेछ । कम्बोडियामा बेइजिङले हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै