
पर्सा । नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।
‘केन्द्रले अस्पतालका भएका उपकरणको आवश्यक अध्ययन गरेर मर्मतसम्भारको कार्य गर्नेछ’ उहाँले भन्नुभयो । अस्पतालका अनुसार अस्पतालमा डेढसयभन्दा धेरै औजार तथा उपकरण छन् । मेसु दासले तत्कालै मर्मतसम्भार गरेर चल्नसक्ने खालका उपकरण तथा औसाररलाई पहिलो प्रथामिकतामा राखेर मर्मतसम्भार गरिने बताउनुभयो ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले अस्पताल र केन्द्रबीचको सम्झौताले अस्पतालमा रहेको चिकित्सा उपकरणको समयमै मर्मत सम्भार सुनिश्चित गरी सेवाको गुणस्तरमा सुधार आउने बताउनभुयो ।
‘केन्द्रले अस्पतालका उपकरणको मर्मत सम्भारमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्नेछ’ उहाँले भन्नुभयो– ‘यस कदमले नारायणी अस्पतालको स्वास्थ्य उपकरण समयमै सुधार हुने र जनताको सहज पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कैलाश–मानसरोवरसम्मको अविस्मरणीय यात्रा
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल