
काठमाडौँ । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले मङ्गलबार एएफपीलाई बताएका छन् ।
किएभका अनुसार करिब ५ सय अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् । रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् ।
‘युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन”, युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर) का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भन्नुभयो– ‘यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।’
उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उहाँले बताउनुभयो । उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त बरहेको पाइएको छ । उहाँले अगाडि भन्नुभयो– ‘उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं। हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताउनुभएको थियो ।
दक्षिण कोरियाले सोमबार एक हजार १ सय जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूह पठाउने वा पहिला नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोन पठाउने तयारी गरिरहेको देखिन्छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी