
जनकपुरधाम । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ ।
जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको हो । केन्द्रको सहयोगमा ४० लाख लागतमा यहाँ प्रयोगशाला निमार्णमा भएको हो ।
मन्त्रालयअन्र्तगतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा क्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिनुभयो ।
केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमूलक सूचना समयसमयमा दिइरहनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले भन्नुभयो– ‘३५ प्रतिशत भन्दा कम विषादी प्रयोग भएको देखिएमा खानयोग्य हुन्छ, ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गनुपर्छ, ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा अखाद्य मानिन्छ र त्यो वस्तु खानयोग्य हुँदैन ।
जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल र केन्द्रीय प्रयोगशालाका प्रमुख कार्कीले संयुक्त रूपमा आज प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी