
हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १३ बाट बढाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा फुटाएर १४ वटा बनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०८० को अनुसूचीमा हेरफेर गर्ने निर्णयसहित सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार १३ वटा मन्त्रालय रहेको र बढाएर १४ वटा बनाइएको हो ।
उहाँले उक्त मन्त्रालयको जिम्मेवारी हाल विना विभागीय मन्त्री रहनुभएका मदुकुमार श्रेष्ठलाई दिने गरी तयारी भएको छ । गत साउन ९ गतेपछि जिम्मेवारी तोकिने गरी मन्त्रीमा नियुक्त हुनुभएका धादिङका श्रेष्ठ १११ दिनदेखि जिम्मेवारीविहीन अवस्थामा रहनुभएको थियो ।
खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धतासहित बनेको मुख्यमन्त्री बहादुर सिं लामा तामाङको सरकारले प्रदेश सरकारलाई आर्थिक दायित्व बढ्ने गरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री कार्यालयमा रहेको गरिबी निवारण फाँटलाई गाभेर नयाँ मन्त्रालय बनाइएको छ ।
बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूलाई कामकाजमा खटाउने, स्वास्थ्य मन्त्रालयका सचिवको अनिवार्य अवकाशलाई स्वीकृत गर्ने, प्रदेशको आर्थिक सुधारका लागि कार्यदल बनाउने लगायतका निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश