
काठमाडौँ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा श्रीराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष हुनुहुन्छ । यसैगरी परिषद्को सदस्यमा शान्ता भट्टराई, अग्नि उपाध्याय, देवराज उपाध्याय, तेजकुमार भट्टराई रहनुभएको छ । पुनःगठित समितिलाई एक हजार आठ स्वामी डा केशवानन्द गिरी र एक हजार आठ स्वामी निश्शेषानन्दज्यूले रुद्राक्ष माला लगाएर सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
परिषद्को स्थापना विसं २०६२ मा देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट शुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई पुनःगठित गरिएको हो ।
कार्यक्रममा स्वामी जगन्नाथाचार्य, संस्थापक अध्यक्ष प्रा डा गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकालीसम्मका ३० भन्दाबढी गुरुकुलका प्रतिनिधिको विशेष सहभागितामा भेला आयोजना गरिएको हो ।
स्वामी केशवानन्द गिरिले गुरुकुललाई प्रविधिसँग जोडिन आग्रह गर्दै आफ्नो संस्थाले पनि प्रविधिसँग जोडिएर विभिन्न काम गरेको बताउनुभयो ।
श्री एक हजार आठ स्वामी निश्शेषानन्दले शुभकामना मन्तव्य राख्दै गर्दा विद्यार्थी धेरैलाई संस्कृत पढाएको भन्दै तीमध्ये निकै कममात्र संस्कृतका क्षेत्रमा लागेको पाइएकाले सबैलाई दक्ष विद्यार्थी उत्पादन गर्न र संस्कृत क्षेत्रमा निःस्वार्थ काम गर्न प्रेरणा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
परिषद्ले शिक्षा मन्त्रालयअन्तर्गत रही देशभर फैलिएका गुरुकुललाई सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह