
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताउनुभएको छ ।
चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधिमण्डलसँग आज त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य–सचिव घिसिङले भन्नुभयो, “चीन सरकारले खेलकुदसहित नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय छ । यसले नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्वस्त छु ।”
सदस्य–सचिव घिसिङले दुई देशबीच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृह कार्यगरी अगाडि बढ्न तयार रहेको जानाउँदै राखेपलाई खेल सामाग्री र खेलकुद विज्ञान ‘रिसर्च ल्याब’ का लागि सामग्री सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
निर्देशक याङसहितको प्रतिनिधिमण्डल पोखरामा भएको ‘क्रस कन्ट्री’ दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
निर्देशक याङले नेपालसँग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेषगरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउँदै युनान भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । उहाँले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नुपर्नेमा जोड दिँदै ‘आउटडोर स्पोर्ट्स’ का लागि युनान एक उत्कृष्ट स्थल भएको बताउनुभयो ।
भेटका दौरान नेपालका लागि चीन दूतावासका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । भेटपछि निर्देशक याङसहितको प्रतिनिधिमण्डल स्वदेश फर्कन त्रिपुरेश्वरबाटै विमानस्थल गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित