
काठमाडौँ । चलचित्र क्षेत्रमा महानायकका रुपमा परिचय बनाउनुभएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गर्नुभएको छ ।
क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग पोडकास्ट पनि सञ्चालन गरिनेछ । त्यस अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ–आफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तत्वको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन