
काठमाडौँ । डा ओम फाउन्डेशनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेशनले शिविर सञ्चालन गरेको हो । विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको समूहले बलवा नगरपालिकाको ग्रामीण भेगका न्यून आय भएका तथा सीमान्तकृत समुदायका मानिसको मुटुरोग, मधुमेह, उच्च रक्तचाप, कोलस्टोरेल लगायतका जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श दिएको थियो ।
शिविरमा इको, इसिजी, सुगर जाँच गरी एक महिनासम्मका लागि निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरमा स्थानीयवासीलाई खानपान, स्वास्थ्यसम्बन्धी सचेतना गराइएको फाउन्डेशनले जनाएको छ । बुधबार सम्पन्न शिविरमा तीन सय बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा आएका ४० वर्ष उमेर समूहका महिलामा मधुमेहको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओम मूर्ति अनिलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँहरूमा मोटोपना थिएन, पारिवारिक पृष्ठभूमिमा पनि मधुमेह थिएन, सामान्य खानपान र स्वस्थ जीवनशैली अपनाएका थिए । तथापि, समस्या देखियो ।’
शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले आफ्नो जन्मस्थान धमौराको शिक्षा, कृषिको विकास तथा न्यून आय भएका तथा सीमान्तकृत समुदायको आयआर्जन बढाउन विभिन्न क्रियाकलाप गर्नुभएको थियो । उहाँले २०२७ सालमा आफ्नै जमिनमा विद्यालय स्थापना गरी दुई दशक बढ़ी व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उक्त विद्यालय हाल जनता राष्ट्रिय उच्च माविका रूपमा सञ्चालनमा छ । विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
सिंहले साना किसानहरूको आयआर्जन बढाउन नगदेबाली तथा आधुनिक खेती गर्न किसानलाई सहजीकरण गर्नुभएको थियो । स्वर्गीय पिता तेजनारायणबाट प्रेरित भएर मुटुरोग विशेषज्ञ डा अनिलले सन् २०२३ मा स्थापना गरेको उक्त फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका निम्ति कार्य गर्दै आएको छ ।
उहाँले बुबा स्वर्गीय तेज नारायण सिंहसँगको सामिप्यता, आमाबुबाप्रतिको समर्पणभाव, पारिवारिक सम्बन्धका बारेमा लेख्नुभएको पुस्तक जीवन्त सम्बन्ध ३० हजार बढी प्रति बिक्री भएको छ । पुस्तकको बिक्रीबाट प्राप्त रकम फाउन्डेशनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन