
काठमाडौँ । भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकास लगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गर्नुभयो ।
प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिनुभएको छ । भेटवार्ता मा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन