
काठमाडौँ । विश्व शहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरी नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ ।
संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । विश्वका एकसय ५० भन्दा बढी देशको सहभागिता हुने अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली देशका शहरबाट (स्थानीय पालिका ) चन्द्रागिरी नगरपालिकाले भाग लिने लागेको हो ।
दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरीले ‘भिएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी शनिबार इजिप्टको कायरो तर्फ प्रस्थान गर्नुभएको छ । उहाँले सम्मेलनमा नगरपालिकाका तर्फबाट भिएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन समेत गर्नुहुनेछ ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको थियो । प्रमुख गिरीले भन्नुभयो– ‘दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरजस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएका छन् । यही प्रतिवेदनका बारेमा मैले अन्तराष्ट्रिय समुदायमा जानकारी गराउँदछु । यो नगरपालिका एवं मेरो लागि ऐतिहासिक अवसर हो ।’ उहाँले नगरपालिकालाई थप आवश्यक सहयोग जुटाउन विश्व शहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनम महत्वपूर्ण हुने विश्वास समेत गर्नुभयो ।
दिगो विकास लक्ष्यका विभिन्न विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको अथक प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य आधार एवं स्थानीयकरण गर्दै नगरपालिकाले आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको विषयलाई प्रतिवेदनमा समावेश गरिएका छन् । चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।
शहरीकरणसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसँग जोड्न चन्द्रागिरिले उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाले दातृ निकायका सहकार्यमा ‘कोभिड–१९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहलमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । शहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन एकापसमा अन्तरसम्बन्धित हुने बताइएको छ ।
विश्व शहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष गरेर शहरीकरणका लागि मुख्य चुनौती बनिरहेका खानेपानी, सरसफाइ र सहरी पूर्वात्रधारको व्यवस्थापनको विषयमा सहभागी देशका बीचमा छलफल हुने जनाइएको छ । साथै बस्ती विकासका क्रममा भोगका समस्या, जलवायु परिवर्तनका कारण देखिएका असरका बारेमा अनुभव आदान प्रदान हुने छ ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो– ‘सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने ध्येयलाई पूरा गर्न ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ प्रतिवेदनले सहयोग पुर्याउँछ । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै समुन्नत नगर बनाउने हाम्रो प्रमुख ध्येय हो । यसैमा हाम्रा समग्र नीति, योजना तथा कार्यक्रम केन्द्रित छन् । विश्व शहरी फोरमको १२ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाउनु नगरपालिकाका लागि अवसर मिलेको छ । ’
उहाँले नगरपालिकाले भौतिक पूर्वाधारका साथसाथमा विशेष गरेर शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य शहरजस्ता क्षेत्रमा नयाँ ढङ्गबाट काम गरिरहेका जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन