
तनहुँ । म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् ।
गाउँपालिकाले असोज ६ देखि कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको थियो । शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलन लगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको सेवा टोलटोलमा पु-याएर स्थानीय सरकारको आभास दिइएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । ‘नागरिकको आवश्यकताका आधारमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएका छौँ’ श्रेष्ठले भन्नुभयो, ‘गाउँपालिकाले दिएको सेवाले आमनागरिक लाभान्वित बनुन् ।’
शिविर अन्तर्गत स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सञ्चालन गरिसकेको उहाँले बताउनुभयो । जनताको समस्या बुझ्न र समाधानका लागि एकीकृत घुम्ती शिविर फलदायी बनेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।
‘जनताको समस्या सुन्न टोल–टोलमा जाने पालिकाको कार्यले जनताप्रति पालिका उत्तरदायी बनेको आभास आम नागरिकले महशुस गर्न थालेका छन्’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित