
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बर को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो ।
सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभएको छ ।
रानाले चलाएको ट्रकले त्यही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बर को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए । ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए ।
रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ । ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित