
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँ एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।
विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दूध बेचेर ् आठ लाख १२ हजार ४ सय ५५ रुपैयाँ कमाउन सफल हुनुभएको छ । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुनुहुन्छ । उहाँले एक वर्षमा ९ हजार ८९६ लिटर दूध बिक्री गरेर ६ लाख १६ हजार ३ सय २० रुपैयाँ कमाउन सफल हुनुभएको छ ।
तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्नुहुन्छ । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर ५ लाख ४८ हजार ४ सय ४३ कमाउनुभएको छभने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर ५ लाख १३ हजार ७ सय रुपैयाँ हात पार्नुभएको छ ।
एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार रुपैयाँ गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिनुभएको छ ।
चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमित रुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार रुपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार रुपैयाँ ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित