
गुल्मी । जङ्गलमा सुकेर खेर गइरहेका काठका मुडाबाट पनि त्यति राम्रा र आकर्षक मूति बन्छन् भन्ने धेरैलाई पत्यार लागेको थिएन । तिनै सुकेर खेर गइरहेका गुराँसका काठका मुडाबाट गुल्मीको सत्यवतीमा निकै आकर्षक डिजाइनका मूर्ति बनाएर मूतिर्ककारले सबैलाई दङग पारेका छन् ।
गुल्मीको पर्यटकीयस्थल सत्यवती क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकलाले सत्यवतीको पहिचानसँगै सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप आकर्षित गराएको छ । सत्यवती गाउँपालिकाको आयोजनामा सत्यवती क्षेत्रमा १० दिनसम्म सञ्चालन गरिएको कार्यशालाले त्यस क्षेत्रको पहिचानलाई थप मद्दत पुर्याएको छ ।
जिल्लाकै एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीको प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले सत्यवती–३ ठूलो लुम्पेकको सत्यवती क्षेत्रमा पालिकाको आयोजनामा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो । उहाँले गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवती क्षेत्रको ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कार्यशालाले थप टेवा पुर्याएको बताउनुभयो ।
मूर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रको पहिचानसँग जोडिएका विभिन्न प्रकारका दुई दर्जनभन्दा बढी मूर्ति तथा चित्र बनाउनुभएको छ । जङ्गलमा सडेर जाने गुराँसका काठमा सांस्कृतिक, प्राकृतिक र धार्मिक आस्थासहित सत्यवती क्षेत्रको भावना समेटिएका आर्कषक मूर्ति कोरिएको वरिष्ठ मूर्तिकार यामबहादुर थापाले बताउनुभयो ।
सत्यवतीमा जन्मिएर हाल देशका विभिन्न ठाउँमा रहनुभएका मूर्तिकार तथा चित्रकारको अगुवाइमा सत्यवतीमा निःशुल्क रुपमा कार्यशाला सञ्चालन गरिएको थियो । गाउँपालिकाका वरिष्ठ मूर्तिकार भुवन थापा मगर, यामबहादुर थापा र नरेन्द्र भण्डारीले आफु तथा विभिन्न ठाउँका कलाकारमार्फत सत्यवती क्षेत्रको पर्यटकीय विकासका लागि निःशुल्क रुपमा मूर्ति तथा चित्र निर्माण गरेको बताउनुभयो ।
मुर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रका मठमन्दिर तथा पूर्व प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मका मूर्ति र तस्बिर बनाएका छन् । पर्यटन बोर्ड एवं गाउँपालिकाको सहयोगमा त्यस क्षेत्रमा गत वर्ष वनभोजस्थल, ट्रस, शौचालय, पार्क गरि ५८ लाख रुपैयाँ भन्दा बढी लागतका संरचना निर्माण गरिएको छ ।
नेपाल सरकारका १ सय १ नयाँ पर्यटकीय गन्तव्यमध्ये सत्यवती क्षेत्र पनि एउटा मुख्य गन्तव्यस्थल हो । त्यस अवसरमा गाउँपालिकाले मूर्तिकार एवं चित्रकारलाई सम्मान गरेको छ । कार्यशालामा स्वदेश तथा विदेशमा ख्याती कमाएका २३ जना मूर्तिकार तथा चित्रकारको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित