
काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको पहिलो बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको समितिको बैठकले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई संयोजक चयन गर्दै ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन समन्वय समिति गठन गरेको थियो ।
जसमा कांग्रेसबाट लेखकसहित माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन सदस्य रहेका छन् । बैठकबारे जानकारी दिँदै सुमनले सातै प्रदेश र ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
‘लोकतान्त्रिक गणतन्त्र पक्षधर उम्मेदवारलाई जिताउन सातै प्रदेश र ७७ वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको छ । आवश्यकता अनुसार सबै ठाउँमा संयोजक रहने गरी समिति गठन हुन्छ’, उहाँले भन्नुभयो ।
१९ सदस्य पदका लागि निर्वाचनको लागि गठबन्धन दलहरू कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट २ र जसपाबाट एक जनाले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी