
गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा ९ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।
‘काउली जोख्दा पूरै ११ किलोको थियो,’ कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भन्नुभयोे– ‘डाँठ र पात घटाउँदा थुङ्गा मात्र ९ किलोभन्दा बढीको रहेको छ ।’ नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा ८ किलो ८ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको छ ।
करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित ८ किलोग्रामभन्दा बढीका काउली फलेका छन् । बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उहाँको भनाई छ ।
‘बारीमा ८ किलोभन्दा ठूलो काउली धेरै नै फलेका छन् । ‘बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ किलोको भएको पाइयो’ बस्नेतले भन्नुभयो– लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुशी लागेको छ ।’ काउलीको डाँठ र पात कटाएर ९ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उहाँको भनाई छ ।
कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आउनुभएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा लैजान सुझाव दिएकाले आफूहरुले बारीमा उत्पादित सबैभन्दा ठूलो काउली प्रदर्शनीमा पुर्याएको एककुमारीका श्रीमान् प्रह्लाद बस्नेतले बताउनुभयो ।
‘भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफँैले क्रस गरेर बीउ उत्पादन गरी लगाएका हौँ’, उहाँले भन्नुभयो– ‘भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ किलो रहेको पाइयो ।’ मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको त्यो काउली हेर्नेका हाल भीड नै लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल