अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर
११ असार २०८१, सोमवार
राममणि सिटौला
काठमाडौँ । जब असारको आगमन हुन्छ, सर्वत्र असारे लोकगीत गुञ्जिन थाल्छ । यस्ता लोकगीत समाजको आत्माको उज्ज्वल प्रतिबिम्ब हो । यसमा मानव जीवनको जन्मदेखि मृत्युसम्मका संस्कार जोडिएका हुन्छन् । कुनै पनि देशको लोकगाथा, लोकगीत त्यो देशको सभ्यता, संस्कृति, लोकमानसको भावना, राग, द्वेष, हर्ष, विस्मात् आदिको साझा दर्पण हो । शिक्षाको पहुँच पुगेका शोषक वर्गले शास्त्रीय साहित्यमार्फत आफ्ना अभिव्यक्ति उजागर गर्छ । जुन वर्ग निरक्षर छ, शिक्षाको अवसरबाट वञ्चित छ र थिचोमिचोमा परेको छ, त्यसका अभिव्यक्ति लोकगीत बनेर उजागर भएका छन् । लोकसाहित्यमा ती समस्त बोली र भाषागत अभिव्यक्ति हुन्छन्, जसमा आदिम संस्कृतिको अवशेष हुन्छ ।