‘राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक’
१० असार २०८१, आइतवार
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य सांसद वामदेव गौतमले मुलुकको सबै जमिन राष्ट्रियकरण गर्नुपर्नेमा बताउनुभएको छ । कम्युनिष्ट नेता गौतमले राष्ट्रियसभाको आइतबारको बैठकमा यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘भूमि नै मुख्य उत्पादनको साधन हो, तर टुक्राटुक्रा गरेर उत्पादनशील भूमि मासिन्छ कसरी मुलुक समृद्धि हुन्छ ? विश्वका जुनजुन स्थानमा राष्ट्रियकरण गरिएको छ, ती मुलुक धनी छन् ।’