
पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ ।
यस अभियानअन्तर्गत आज ‘सूचना र प्रविधिमा महिलाको पहुँच’ विषयक एकदिने तालिम सम्पन्न भएको छ । उपसभामुख विनाकुमारी थापाले महिलाको क्षमता अभिवृद्धि गर्न तालिमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सीपलाई दैनिक व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने सवालमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सत्यतथ्य सूचना सम्प्रेषणमा जोड दिनुभयो ।
तालिमको सहजीकरण गर्दै प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चार माध्यमवाट प्रसारण हुने सूचना तथ्यपरक हुनुपर्नेमा जोड दिँदै नविनतम प्रविधिको सदुपयोग गर्न सके समयको बचतसँगै गुणस्तरीय कार्यसम्पादन गर्न सकिने बताउनुभयो । तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ४० जना महिला पत्रकारको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन