
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा ९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनीहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीय बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परियार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् ।
बाग्लुङको जैमिनी नगरपालिका–७ बस्ने २८ वर्षीय कमल राना, त्यही नगरपालिका–१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, त्यही नगरपालिका–९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङजाको निरकोट नगरपालिका–९ घर भई हाल बुटवल–४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार गत वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा उनीहरु पक्राउ परेका थिए । त्यस क्रममा मुद्दा दायर भएकाहरुमध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा निजका साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खागजस्तो वस्तु भेटिएपछि थप अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको उहाँको भनाइ छ ।
तिवारीका अनुसार प्रतिवादीमध्ये सन्तबहादुर भन्ने पङ्कज कुमालले यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । उनले ५० हजार रुपैयँँ जरिवाना तिरेर ६ वर्ष अघि छुटेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन