छुटाउनुभयो कि?

प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्याय विधेयकमाथि छलफल शुरु

काठमाडौँ । प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल शुरु भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।  प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको छ । 

+